काठमाडौँ, वैशाख १ :

काठमाडौँमा जारी आईसीसी यू- १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल मुलपानी क्रिकेट मैदानमा बिहान ९ः३० बजेदेखि सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा आइतबार यूएईमाथि डिएल पद्दति अनुसार ५ रनको जित निकाल्दै विजयी सुरुवात गरेको थियो । ओमानले भने हिजै भएको खेलमा अफगानिस्तानसँग ८ विकेटको पराजित भएको थियो ।

अर्को खेलमा आजै अफगानिस्तानले हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।