आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
विदेश

सिरियाको पुनर्निर्माणमा सहयोग गर्न यूएई तयार : राष्ट्रपति नाह्यान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १ वैशाख, २०८२ मा प्रकाशित
सिरियाको पुनर्निर्माणमा सहयोग गर्न यूएई तयार : राष्ट्रपति नाह्यान
अबुधाबी, वैशाख १ :

संयुक्त अरब इमिरेट्स (युएई) ले गृहयुद्धबाट तहसनहस बनेको सिरियाको पुनर्निर्माणमा सहयोग गर्न तयार रहेको जनाएको छ। युएईका राष्ट्रपति मोहम्मद बिन जायेद अल नाह्यानले अबुधाबीमा सिरियाका अन्तरिम नेता अहमद अल-शरासँगको भेटमा उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सिरिया अहिले संक्रमणकालीन चरणबाट गुज्रिरहेको र यूएईले पुनर्निर्माणमा सक्रिय सहयोग गर्न चाहेको राष्ट्रपतिले बताएको वाम न्युज एजेन्सीले उल्लेख गरेको छ ।

सिरियाली विदेशमन्त्री असद अल-शैबानीले भेटपछि सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै लगानी, हवाई यातायातको पुनरुत्थान, तथा द्विपक्षीय सम्बन्ध सुदृढीकरणजस्ता विषयमा छलफल भएको जानकारी दिएका छन् । शैबानीले उक्त भेटलाई "महत्वपूर्ण उपलब्धिका रूपमा समेत टिप्पणी गरेका छन् ।

एक दशकभन्दा लामो गृहयुद्धपछि सत्ताच्युत भएका बसर अल-असदको स्थानमा आएका शाराले खाडी मुलुकहरूसँग सम्बन्ध विस्तार गर्दै पुनर्निर्माणका लागि सहयोग जुटाउने प्रयास तीव्र बनाएका छन्।

गत जनवरीमा शाराले युएईका राष्ट्रपतिसँग फोन संवाद गर्दै सम्बन्ध प्रगाढ बनाउने इच्छा व्यक्त गरेका थिए। त्यसक्रममा युएईका राष्ट्रपतिले सिरियाको स्थायित्व र सुरक्षा समग्र क्षेत्रकै हितमा रहेको भन्दै सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

यद्यपि, विश्लेषकहरूले युएई सिरियाका नयाँ नेताहरूको इस्लामवादी पृष्ठभूमिप्रति सतर्क रहेको बताएका छन् । यूएई राष्ट्रपति नाह्यानका सल्लाहकार अनवर गार्गाशले केही समयअघि नयाँ नेतृत्वप्रति शंका व्यक्त गर्दै इस्लामवादी संलग्नता ‘चिन्ताजनक’ भएको प्रतिक्रिया दिएका थिए ।

त्यस्तै, टर्कीको बढ्दो प्रभावबारे पनि यूएईमा असन्तोष रहेको बताइएको छ । तर यसबीच पनि यूएईले सिरियासँगको सम्बन्ध विस्तार गर्दै पुनर्निर्माणमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुलाई महत्त्वपूर्ण संकेतका रूपमा हेरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार