आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति शिक्षा

‘शिक्षकका मागप्रति सरकार गम्भीर छ’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २ वैशाख, २०८२ मा प्रकाशित
‘शिक्षकका मागप्रति सरकार गम्भीर छ’
काठमाडौं, वैशाख २ :

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शिक्षकका मागप्रति सरकार गम्भीर रहेको बताएका छन् । 

नेपाल शिक्षक महासङ्घ सङ्खुवासभाको टोलीसँग आज मन्त्रालयमा भएको भेटमा उनले शिक्षकका मागका सम्बन्धमा सरकारले सरोकारवालासँग छलफल गरी सम्बोधन गर्ने बताए ।

‘शिक्षा क्षेत्रको सुधारका लागि शिक्षकहरुको पनि सुझाव र सल्लाह आवश्यक छ,’उनले भने, ‘शिक्षामन्त्री तथा मन्त्रिपरिषद्समक्ष यो विषयमा छलफल गर्नेछु ।’

उनले अहिले विभिन्न ऐन निर्माणका  लागि छलफलकै क्रममा रहेको उल्लेख गर्दै सरकार समयसापेक्ष ऐन निर्माणमा लागेको बताए ।

नेपाल शिक्षक महासङ्घ संखुवासभाका अध्यक्ष शेरबहादुर पुरीले शिक्षकका २४ बुँदे मागका सम्बन्धमा पहलका लागि आग्रह गरे । नेपाल शिक्षक सङ्घ सङ्खुवासभाका सङ्घीय प्रतिनिधि दिव्यराज अधिकारीले यो शिक्षकको मात्रै आन्दोलनमात्र नभई शैक्षिक आन्दोलन भएको बताए ।

शिक्षकहरुले विद्यालयमा कर्मचारी दरबन्दी कायम गर्नुपर्ने, बालविकास कक्षा विद्यालय शिक्षाअन्तर्गत ल्याउनुपर्ने, शिक्षक बढुवा नियमित हुनुपर्ने, आन्तरिक प्रतिस्पर्धा गर्न पाउनुपर्ने, शिक्षक ग्रेड बढाउनुपर्ने, सेवा प्रवेशको समय ४० वर्ष कायम हुनुपर्नेलगायतका माग राखेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार