सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

वैशाख १७ गते बस्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २ वैशाख, २०८२ मा प्रकाशित
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
फाइल तस्बिर।
काठमाडौं, वैशाख २ :

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । यही वैशाख १७ गते बस्ने गरी बैठक बोलाएको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा समसामयिक विषय, विकसित पछिल्लो राजनीतिक घटना क्रमलगायतका बारेमा छलफल हुने जनाइएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार