सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन #प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन
समाचार

नशाको सुरमा दाजुले गरेका थिए ११ वर्षीया बहिनीको हत्या

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २ वैशाख, २०८२ मा प्रकाशित
नशाको सुरमा दाजुले गरेका थिए ११ वर्षीया बहिनीको हत्या
प्रतीकात्मक तस्बिर ।
ललितपुर, वैशाख २ :

ललितपुरमा ११ वर्षीया बालिकाको हत्याको आरोपमा प्रहरीले उनका १५ वर्षीय दाजुलाई पक्राउ गरेको छ ।

गत चैत ४ गते राति साढे नौ बजेपछि हराएकी ललितपुर महानगरपालिका वडा नम्बर १२ मंगलबजार निवासी भगवती बोहोराकी छोरी दुर्गा बोहोरा हत्याको शिकार बनेकी हुन्। हराएको २५ दिनपछि, चैत २९ गते ललितपुर वडा नम्बर ९ स्थित खपिन्छेँको एक पुरानो घरको भुईँतलामा रहेको पानी ट्याङ्कीमा उनको सडेगलेको अवस्थामा शव फेला परेको हो ।

प्रहरीको अनुसार, उक्त घरमा बोहरा परिवार पहिले डेरामा बस्दथे तर फागुन २५ गते अन्यत्र सरेका थिए। घटनाका दिन, दुर्गा र उनका दाजु सँगै त्यो पुरानो डेरा तर्फ जाँदै गरेको सिसिटिभी फुटेजमा देखिएको थियो। यस आधारमा प्रहरीले दाजुमाथि अनुसन्धान गर्दा उनले बहिनीको हत्या गरेको स्वीकार गरेका हुन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय र पीआरसीबी ललितपुरको टोलीले जिल्ला प्रहरी परिसर ललितपुरको सहकार्यमा विभिन्न प्रविधिको प्रयोग गर्दै अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा खुलेको विवरण अनुसार, ती किशोर र बहिनी पुरानो डेरामा कोठा सर्दा छुटेका कपडाहरू लिन गएका थिए। त्यहीँ सामान्य विवाद उत्पन्न हुँदा, उनले नाइलनको डोरीले पछाडिबाट घाँटी कसी हत्या गरेका थिए ।

प्रहरीसँगको बयानमा किशोरले आफूहरू दुबैजनाले लागूऔषधको ट्याबलेट सेवन गरेको र त्यसकै नशामा घटना भएको बताएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार