शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण #महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण
समाचार बागमती प्रदेश

‘धार्मिक पर्यटन प्रवर्धनमार्फत त्रिवेणी धामको विकासमा टेवा पुग्छ’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३ वैशाख, २०८२ मा प्रकाशित
‘धार्मिक पर्यटन प्रवर्धनमार्फत त्रिवेणी धामको विकासमा टेवा पुग्छ’
चितवन, वैशाख ३ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज (बुधबार) धार्मिक पर्यटकीय क्षेत्र त्रिवेणीको अवलोकन गरेका छन् ।

हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई-मधेस जागरण अभियानअन्तर्गत दाहालले त्रिवेणी धामको अवलोकन भ्रमण गरेका हुन् ।

धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थल त्रिवेणीको प्रवर्धन र विकासका उद्देश्यले दाहालले यस क्षेत्रको अवलोकन गरेको उनको सचिवालयले जनाएको छ ।

दाहालले त्रिवेणीको धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावनालाई उजागर गर्न आवश्यक रहेको भन्दै यहाँको विकासमा  हातेमालोका लागि आह्वान पनि गरेका छन् । उनले यहाँका आवश्यकता र समस्याबारे चासो राखेका थिए ।

यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्धनमार्फत स्थानीय आर्थिक विकासमा टेवा पुग्ने विश्वास अध्यक्ष दाहालले व्यक्त गरे ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार