
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ ।
हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक- दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राती पनि देशको पहाडी भू- भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू- भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ।
कोशी, बागमती, गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक- दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।