आइतबार, १ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन#प्रायोजन गर्ने#प्रहरी महानिरीक्षक#दानबहादुर कार्की#दसैँ#घर फर्किनेको लर्को#नेपाली कांग्रेस#चियापान कार्यक्रम नगर्ने #गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन#प्रायोजन गर्ने#प्रहरी महानिरीक्षक#दानबहादुर कार्की#दसैँ#घर फर्किनेको लर्को#नेपाली कांग्रेस#चियापान कार्यक्रम नगर्ने
राजनीति

एमालेको सुझाव सरकारको नीति तथा कार्यक्रम र बजेटका लागि उपयुक्त : प्रधानमन्त्री

प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३ वैशाख, २०८२ मा प्रकाशित
एमालेको सुझाव सरकारको नीति तथा कार्यक्रम र बजेटका लागि उपयुक्त : प्रधानमन्त्री
काठमाडौं, वैशाख ३ :

प्रधानमन्त्री केपी ओलीसमक्ष आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि नेकपा एमालेले आज विषयगत सुझावहरु बुझाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा एमालेका महासचिव शंकर पोखरेलसहितका नेताहरुले प्रधानमन्त्री एवं पार्टीका अध्यक्षसमेत रहेका ओलीलाई सुझावपत्र हस्तान्तरण गरेका हुन् । एमालेले प्रधानमन्त्रीमा ओली नियुक्त भएपछि यस प्रकारको सुझाव दिए पनि त्यसबेला अघिल्लो सरकाबाट नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भइसकेकाले ती सुझाव समावेश हुन नसकेको सन्दर्भमा ताजगीकरणसहित पुनः सुझावपत्र दिएको महासचिव पोखरेलले जनाए ।

उनले एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्गकेन्द्रित संकल्प यात्राका आधारमा अघिल्लो सरकारलाई दिइएका सुझावहरु पनि कार्यान्वयनका आउन बाँकी रहेको आग्रह गरे ।

प्रधानमन्त्री ओलीले विकासका लागि भिजनरी सोच भएको एमालेजस्तो पार्टीले केन्द्रीय विभागहरुको रायसमेतका आधारमा दिएको सुझाव सरकारको नीति तथा कार्यक्रम र बजेट तर्जुमामा लागि उपयोगी हुने विश्वास व्यक्त गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार