काठमाडौं, वैशाख ३ :

सरकारले मन्त्रिपरिषद् बैठकको पछिल्लो निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज (बुधबार) पत्रकार सम्मेलनमार्फत  हिजो (मंगलबार) को मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

सरकारले सङ्घीय संसदका अधिवेशन यही वैशाख १२ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । जसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले बुधबारै संसद्‌को दुवै अधिवेशन आह्वान गरिसकेका छन् ।

मन्त्री गुरुङका अनुसार सरकारले सङ्घीय संसदमा विचाराधीन अवस्थामा रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने प्रयोजन र बजेटसम्बन्धी छलफलका लागि सङ्घीय संसदको अधिवेशन आह्वान गरेको हो ।

विभिन्न माग राखेर दुई सातादेखि राजधानीमा प्रदर्शन गर्दै आएका शिक्षकहरुको माग सम्बोधन गर्ने उद्देश्यले सरकारले सङ्घीय संसदको बैठक आह्वान गरेको हो ।

यस्ता छन् मन्त्रिपरिषद्का २० निर्णय :