शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण #महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण
समाचार राजनीति

कपिलवस्तु पुग्यो माओवादी अध्यक्ष दाहालसहितको टोली

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ५ वैशाख, २०८२ मा प्रकाशित
कपिलवस्तु पुग्यो माओवादी अध्यक्ष दाहालसहितको टोली
कपिलवस्तु, वैशाख ५ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कपिलवस्तुको शुद्धोधन गाउँपालिका ४ मा रहेको नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय (प्रस्तावित कन्या कलेज) पुगेर विद्यार्थी, अभिभावक तथा स्थानीय बासिन्दासँग अन्तर्क्रिया गरेका छन् ।

मुस्लिम, थारू र मधेसी समुदायका छात्रालक्षित यो कलेज कपिलवस्तुको दक्षिणी भेकमा छ । महिला हिंसा र सामाजिक सुरक्षाको डरका कारण शिक्षाबाट वञ्चित हुँदै आएका छात्राहरूका लागि यो कलेज महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

हाल कक्षा १२ सम्म मात्र पठनपाठन हुने यस विद्यालयमा भविष्यमा स्नातक तह (ब्याचलर) अध्ययनको व्यवस्था मिलाउने योजना छ । साथै छात्राहरूको विद्यालय आवागमन सहज बनाउन कलेज बसको आवश्यकता रहेको विषयमा पनि छलफल भएको छ ।

अध्यक्ष दाहालले यस विद्यालयलाई एक वास्तविक कलेजका रूपमा सञ्चालन गर्दै सामाजिक समावेशीता र लैङ्गिक समानताको नमुना केन्द्रका रूपमा विकास गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए । साथै उनले बसको व्यवस्थाका लागि आवश्यक पहल गर्ने आश्वासन पनि दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार