सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन #सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन
राजनीति बागमती प्रदेश भिडियो

अहिले चुनाव लाग्या पनि छैन र प्रचार गर्नु पर्‍या पनि छैन : प्रधानमन्त्री ओली

‘देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ५ वैशाख, २०८२ मा प्रकाशित
अहिले चुनाव लाग्या पनि छैन र प्रचार गर्नु पर्‍या पनि छैन : प्रधानमन्त्री ओली
चितवन, वैशाख ५ :

प्रधानमन्त्री केपी ओलीले चितवनको पूर्व-पश्चिम राजमार्गको पुल्चोक-गोन्द्राङ ६ लेन सडकको आज (शुक्रबार) उद्घाटन गरेका छन् ।

सरकारको आफ्नै लगानीमा बनेको भैरहवा, वीरगन्ज, पोखरा र काठमाडौंको मध्यभागमा पर्ने उक्त सडक एसियाली मापदण्डअनुसार बनाइएको छ । उद्घाटन कार्यक्रममा ओलीले देश विकासमा पूर्वाग्रह र मतभेद नराखी काम गर्न आग्रह गर्दै पूर्व-पश्चिम राजमार्गलाई थप फराकिलो बनाइने बताए ।

‘अहिले चुनाव लाग्या पनि छैन र चुनाव प्रचार गर्नु पर्‍या पनि छैन । त्यतापट्टि गइहाल्नुपर्ने आवश्यकता पनि छैन । म आग्रह गर्न चाहन्छु । सबैलाई सधैं राजनीति मात्रै, सधैँ चुनाव मात्रै होइन । विकासमा ध्यान दिउँ । हामीले एक भएर देश बनाउनुपर्नेछ । मतभेदमा होइन एकतामा जोड दिउँ,’ प्रधानमन्त्री ओलीले भने, ‘विचारमा विविधता हुनसक्छ तर देशको विकास गर्ने कुरामा मतभेद राख्न आवश्यक छैन । देशको विकास हामी सबै मिलेर गर्ने हो । कोही आएर हाम्रो देश बनाउँदैन । आफ्नो बलमा लोकतन्त्रलाई बलियो बनाउँदै राष्ट्रिय एकताका साथ एकजुट भएर अघि बढेर विकास गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले चितवन जिल्ला त्रेतायुगदेखि नै राम जन्मेदेखिको ऐतिहासिक महत्त्व बोकेको जिल्ला भएको उल्लेख गर्दै यो एउटा सभ्यताको सुरुआत भएको भूभाग रहेको बताए ।

उक्त सडक खण्डको २०७७ माघ १७ गते प्रधानमन्त्री ओलीले नै शिलान्यास गरेका थिए । सडक एक अर्ब १३ करोड ३५ लाख ३४ हजार रुपैयाँमा निर्माण सम्पन्न भएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार