काठमाडौँ, भदौ १४ :

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा छलफल गर्न काँग्रेस शीर्ष नेताहरूको बैठक आज पनि
बस्दैछ ।

केन्द्रीय समिति बैठकमा पेस भएका महामन्त्रीद्वयका प्रतिवेदनमाथि छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाउनुभएको हो ।

बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाएको देउवाको सचिवालयले जनाएको छ ।

बैठक सभापति देउवाको निवास बुढानिलकण्ठमा अहिले केहिबेरपछि बस्दै छ ।