शनिबार, ३१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
राजनीति

बालुवाटारमा ओली, देउवा र दाहालको जमघट, संविधान रक्षाको उपयुक्त वातावरण बनाउन सहमत

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ६ वैशाख, २०८२ मा प्रकाशित
बालुवाटारमा ओली, देउवा र दाहालको जमघट, संविधान रक्षाको उपयुक्त वातावरण बनाउन सहमत
काठमाडौं, वैशाख ६ :

प्रधानमन्त्री केपी ओलीसहित तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच विद्यमान राजनीतिक व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशितासहितको संविधान रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ भएको छलफलमा संविधानको उल्लंघन गर्ने र सामाजिक अराजकता सिर्जना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पुर्‍याउनेहरुप्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलसहित गणतन्त्रध पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्नेमा समान मत देखिएको छ ।

छलफलमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानवअधिकार तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल सहभागी थिए ।

छलफलमा सङ्क्रमणकालीन न्यायसँग सम्बधित दुई आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिले गरिरहेको कामबारे जानकारी गराउने काम पनि भएको सल्लाहकार खरेलले जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार