काठमाडौँ, भदौ १४ :

निरन्तरको वर्षाले पहिरो खस्दा कर्णाली राजमार्गमा यातायातका साधन चल्न सकेका छैनन् । 

सुर्खेत- जुम्ला सडकअन्तर्गत कालिकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिनुभयो ।

उहाँले पहिरो पन्छाउने काम भइरहेको बताउनुभयो। वर्षाले कर्णाली राजमार्ग अन्तर्गत कालिकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा पटक पटक पहिरो जाने गर्दा सडक अबरुद्ध हुने गरेको छ ।