शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्‍को निर्णय#सभापति गगनकुमार थापा#डा. श्रवण कुमार साह#कागेश्वरी मनोहरा नगरपालिका#प्रमुख प्रशासकीय अधिकृत#फूलपाती#गृहमन्त्री सुधन गुरुङ#एकहत्तरौँ प्रहरी दिवस#कांग्रेसको १५औँ महाधिवेशन#मतगणना सकियो#सुनचाँदी#नेपाल सुनचाँदी व्यवसायी#महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक #मन्त्रिपरिषद्‍को निर्णय#सभापति गगनकुमार थापा#डा. श्रवण कुमार साह#कागेश्वरी मनोहरा नगरपालिका#प्रमुख प्रशासकीय अधिकृत#फूलपाती#गृहमन्त्री सुधन गुरुङ#एकहत्तरौँ प्रहरी दिवस#कांग्रेसको १५औँ महाधिवेशन#मतगणना सकियो#सुनचाँदी#नेपाल सुनचाँदी व्यवसायी#महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक
समाचार प्रदेश कोसी प्रदेश

अध्यक्ष प्रचण्ड भन्छन् - पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई पुनःराजनीतिमा फर्कन बन्देज छैन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ७ वैशाख, २०८२ मा प्रकाशित
अध्यक्ष प्रचण्ड भन्छन् - पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई पुनःराजनीतिमा फर्कन बन्देज छैन
माेरङ, वैशाख ७ :

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन कुनै बन्देज नभएको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन संवैधानिक कानुन र अन्तर्राष्ट्रिय परम्पराले पनि नरोक्ने बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले शनिबार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आफूबीच भएको बैठक शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा केन्द्रित भएको जानकारी दिए।

अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका निम्ति तीन राजनीतिक दलबीच कुनै किसिमको विमति नरहेको स्पष्ट गरे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार