काठमाडौं, वैशाख ८ :

मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ ।  साँझ ५ बजेपछि बस्ने बैठकले आन्दोलनरत शिक्षकका मागबारे निर्णय गर्ने तयारी छ ।

शिक्षामन्त्रीले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्ने प्रस्ताव बैठकमा लैजाने बुझिएको छ ।

शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै भएको छ । मन्त्रिपरिषद्ले निर्णय गरे लगत्तै शिक्षकहरुको आन्दोलन टुंगिने सम्भावना रहेको छ ।

त्यस्तै, बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति बारेमा पनि निर्णय गर्ने अपेक्षा गरिएको छ । तर सिफारिस समितिले अहिलेसम्म नाम सिफारिस गर्न सकेको छैन । 

अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको  समितिले अहिलेसम्म सिफारिस गर्न सकेको छैन । तीन जनाको नाम पठाएपछि मात्रै मन्त्रिपरिषद्ले त्यसमा निर्णय गर्नेछ। चैत २५ गतेदेखि गभर्नर पद रिक्त छ ।