काठमाडौं, वैशाख ८ :

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला टोलीका लागि प्रो-लाइसेन्स प्रशिक्षकको आवेदन खुलाएको छ ।

एन्फाले सोमबार सूचना जारी गर्दै पहिलोपटक प्रो- लाइसेन्सवाला प्रशिक्षकको आवेदन खुला गरेको हो। यसका लागि सिनियर महिला टोली सम्हालेको, कम्तिमा दुई वर्षको अनुभव भएको, ट्याक रेकर्ड पनि राम्रो भएको वा युथ राष्ट्रिय टिम सम्हालिसकेको हुनुपर्ने एन्फाले जनाएको छ।

एन्फाले ने एएफसी महिला एसियन कप छनोट २०२६ लाई लक्षित गर्दै प्रशिक्षकको आवेदन खुलाएको हो। एसियाली फुटबल महासंघ (एएफसी)ले सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले पहिलो खेल जुन २९ मा लाओससँग खेल्नेछ।  नेपाल, उज्बेकिस्तान, श्रीलंका र लाओस समूह ‘एफ’ मा परेका छन्। 

 

May be an image of football and text