
फाइल तस्बिर।
दाङ, वैशाख ८ :
दाङको तुलसीपुरमा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका –७ मोतीपुर निवासी नारायण आचार्यको घरमै गोली प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
आचार्यले घरमै भएको बन्दुकले आफैंलाई गोली चलाएको अनुमान गरिएको छ । प्रहरीले हतियार पनि कोठाभित्रै फेला पारेको छ । उनले किन आफैंमाथि गोली चलाए भन्ने खुलेको छैन । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ। आचार्य रेडक्रस दाङका पूर्वअध्यक्ष हुन् ।