शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

प्रधानमन्त्रीको अध्यक्षतामा १५ सदस्यीय उच्चस्तरीय सुशासन आयोग गठन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ८ वैशाख, २०८२ मा प्रकाशित
प्रधानमन्त्रीको अध्यक्षतामा १५ सदस्यीय उच्चस्तरीय सुशासन आयोग गठन
काठमाडाैं, वैशाख ८ :

सरकारले उच्चस्तरीय सुशासन आयोग गठन गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा आयोग गठन गरेको हो ।

आयोगमा अर्थमन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुनमन्त्री, लोकसेवा आयोग, नीति आयोग र योजना आयोगलगायत निकायका अधिकारीहरू सदस्य रहने छन् । 

निजी क्षेत्रको समेत प्रतिनिधित्व रहने उच्चस्तरीय सुशासन आयोग १५ सदस्यीय हुने जनाइएको छ । बैठकले गरेका अन्य निर्णय भने सार्वजनिक गरिएको छैन । शिक्षामन्त्रीको राजीनामा र शिक्षकको आन्दोलनका बारेमा पनि बैठकमा छलफल भएको बुझिएको  छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार