
काठमाडाैं, वैशाख ८ :
सरकारले उच्चस्तरीय सुशासन आयोग गठन गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा आयोग गठन गरेको हो ।
आयोगमा अर्थमन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुनमन्त्री, लोकसेवा आयोग, नीति आयोग र योजना आयोगलगायत निकायका अधिकारीहरू सदस्य रहने छन् ।
निजी क्षेत्रको समेत प्रतिनिधित्व रहने उच्चस्तरीय सुशासन आयोग १५ सदस्यीय हुने जनाइएको छ । बैठकले गरेका अन्य निर्णय भने सार्वजनिक गरिएको छैन । शिक्षामन्त्रीको राजीनामा र शिक्षकको आन्दोलनका बारेमा पनि बैठकमा छलफल भएको बुझिएको छ ।