
जम्मु–कश्मीर पहलगाममा मंगलबार पर्यटकमाथि भएको आतंककारी आक्रमणमा २६ जनाको मृत्यु भएको छ। २०१९ को पुलवामा भएको आक्रमणपछिको यो जम्मु–कश्मीरमा भएको सबैभन्दा ठुलो आक्रमण हो ।
मारिनेमा एक नेपाली, एक इटाली र एक इजरायली पर्यटक छन् । बाँकी पर्यटकहरू गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका हुन् । मारिने नेपालीको नाम संदीप न्यौपाने भनिए पनि उनी कुन ठाउँका हुन् भन्ने बारेमा केही खुलाइएको छैन । आक्रमणमा झण्डै २० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
आतंककारीहरूले पहिलोमा एक पर्यटकको नाम सोधे र त्यसपछि उसको टाउकोमा गोली हाने अनि अन्य पर्यटकहरूलाई समेत निशाना बनाएर फायरिङ गरेर फरार भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। आक्रमणको विद्रोही संगठन लश्कर–ए–तैयबाले जिम्मेवारी लिएको छ।सुरक्षाकर्मीले लडाकु हेलिकोप्टरबाट निगरानी गरिरहेका छन् ।