आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
राजनीति

प्रधानमन्त्रीले गरे ऊर्जा राज्यमन्त्री तामाङलाई बर्खास्त

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १० वैशाख, २०८२ मा प्रकाशित
प्रधानमन्त्रीले गरे ऊर्जा राज्यमन्त्री तामाङलाई बर्खास्त
काठमाडौं, वैशाख १० :

प्रधानमन्त्री केपी ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पदबाट बर्खास्त गरेका छन्। प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार बुधबार तामाङलाई बर्खास्त गरिएको हो।

तामाङलाई केही समययता नेपाली कांग्रेसले स्वेच्छिक रूपमा राजीनामा दिन आग्रह गर्दै आएको थियो। तर, उनले राजीनामा नदिएपछि प्रधानमन्त्री ओलीले बर्खास्त गरेका हुन्।

साउन १८ गते, २०८१ मा ऊर्जा राज्यमन्त्रीमा नियुक्त भएका तामाङ नेपाली कांग्रेस रामेछापका नेता हुन्। उनी २०७८ मा सम्पन्न १४औं महाधिवेशनमा जिल्ला सभापति निर्वाचित भएका थिए। शेरबहादुर देउवानिकट नेताका रूपमा चिनिने तामाङ २०७९ मंसिरको आम निर्वाचनमा रामेछाप क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए।

सरकारमा नेपाली कांग्रेसको सहभागिता रहे पनि हालको राजनीतिक समीकरण र आन्तरिक दबाबका कारण तामाङको बर्खास्ती भएको राजनीतिक वृत्तमा विश्लेषण गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार