सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्।
मन्त्री गुरुङका अनुसार सरकारले काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक घटनामा परी मृत्यु भएकाको परिवारलाई राहत रकम उपलब्ध गराउने भएको छ ।
मन्त्रिपरिषद्को मंगलबारको बैठकले मृत्यु भएका सविन महर्जन र सुरेश रजकका परिवारलाई प्रति परिवार दश लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।
यस्ता छन् मन्त्रिपरषद्का थप निर्णय :
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।