काठमाडौँ, भदौ १४ :

 प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीको अर्धकदको प्रतिमाको अनावरण गर्नुभएको छ । 

    ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा निर्माण गरिएको प्रतिमाको आज उहाँले अनावरण गर्नुभएको हो ।

अनावरण कार्यक्रममा पार्टीका शीर्ष नेता सहभागी रहनुभएको थियो ।

कलाकार लालकाजी लामाले उक्त प्रतिमा तीन महिना लगाएर बनाउनुभएको हो ।