
वैशाख १३ :
सरकार र आन्दोलनरत शिक्षकहरुबीच अहिले निर्णायक वार्ता हुँदै छ ।
निर्णायक वार्ताका लागि सरकारले आन्दोलनरत शिक्षकहरुलाई छलफलका लागि बोलाएको छ ।
हिजो (शुक्रबार) साँझ विज्ञप्ति जारी गदै सरकारले आन्दोलनरत शिक्षकहरुलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हुने वार्ताका लागि महासंघका तर्फबाट अध्यक्ष एवं अन्य पदाधिकारीहरूलाई उपस्थितिका लागि आग्रह गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हुने वार्तामा शिक्षामन्त्री रघुजी पन्त पनि सहभागी हुने सहसचिव युवराज पौडेलले विज्ञप्तिमार्फत जनाएका छन् ।