
काठमाडौं, वैशाख १३ :
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं कांग्रेसका पूर्वसभापति तीर्थराम डंगोलको निधन भएको खबरले आफू मर्माहत भएको बताएका छन् ।
सभापति देउवाले शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् । नेता डंगोलको शुक्रबार राति ७७ वर्षको उमेरमा निधन भएको हो ।
सभापति देउवाले नेता डंगोलको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे छन् ।