मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार शिक्षा भिडियो

नयाँ बानेश्वर क्षेत्रमा शिक्षक र प्रहरीबीच झडप, केही शिक्षक घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १४ वैशाख, २०८२ मा प्रकाशित
नयाँ बानेश्वर क्षेत्रमा शिक्षक र प्रहरीबीच झडप,  केही शिक्षक घाइते
काठमाडौं, वैशाख १४ :

आफ्ना विभिन्न मागहरू राख्दै काठमाडौंमा आन्दोलनरत शिक्षकहरू र सुरक्षाकर्मीबीच आज (आइतबार) झडप भएको छ। नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गर्दा स्थिति तनावपूर्ण बनेको हो।

शान्तिपूर्ण रूपमा आन्दोलन गर्दै आएका शिक्षकहरू आज बिहान बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका थिए। तर उनीहरूले निषेधित क्षेत्र पार गर्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोज्दा अवस्था बिग्रिएको हो। प्रहरीको बल प्रयोगपछि आन्दोलनकारीहरूले ढुंगामुढा गरेपछि स्थिति झनै उत्तेजित भएको थियो।

प्रहरीले भिड नियन्त्रण गर्न पानीको फोहरा प्रयोग गरेको थियो भने केही शिक्षक घाइते भएको जानकारी प्राप्त भएको छ।

प्रदर्शनमा सहभागी शिक्षकहरुले आन्दोलनमा घुसपैठ भएको दाबी गरेका छन्। ‘हामी शान्तिपूर्ण आन्दोलन गरिरहेका थियौं, तर केही समूहले घेरा तोड्न खोजेपछि झडप सुरु भयो,’ उनले भने, ‘त्यसपछि प्रहरीले पानीको फोहोरा प्रयोग गर्‍यो र केही साथीहरू घाइते भए।’

देशभरका सरकारी विद्यालयका शिक्षकहरूले लामो समयदेखि सेवा शर्त लगायतका माग राख्दै काठमाडौंमा आन्दोलन गरिरहेका छन्। हाल बानेश्वर क्षेत्रको अवस्था तनावग्रस्त रहेको छ। सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति छ भने प्रदर्शनकारीहरू केही हदसम्म तितरवितर भएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार