मंगलबार, १७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#विराटनगर किङ्स#संसद् बैठक बोलाइयोस्#भाइटीका#साइत सार्वजनिक#सदस्य सचिव#सन्तोष पाण्डे#लुम्बिनी विकास कोष#संयोजक पुष्पकमल दाहाल#वाम एकताका लागि अपिल#पत्रकार धरपकड#सरकारलाई जानकारी थिएन#नेपाली कांग्रेस देउवा समूह#दुई वटा अध्यादेश#राष्ट्रपतिसमक्ष सिफारिस#हेलिकप्टर दुर्घटना#छानबिन सुरु#राजदूत सुधाकर दलेला #विराटनगर किङ्स#संसद् बैठक बोलाइयोस्#भाइटीका#साइत सार्वजनिक#सदस्य सचिव#सन्तोष पाण्डे#लुम्बिनी विकास कोष#संयोजक पुष्पकमल दाहाल#वाम एकताका लागि अपिल#पत्रकार धरपकड#सरकारलाई जानकारी थिएन#नेपाली कांग्रेस देउवा समूह#दुई वटा अध्यादेश#राष्ट्रपतिसमक्ष सिफारिस#हेलिकप्टर दुर्घटना#छानबिन सुरु#राजदूत सुधाकर दलेला
समाचार अर्थतन्त्र

लगानी बोर्डको संगठन संरचना खाका स्वीकृत

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १४ वैशाख, २०८२ मा प्रकाशित
लगानी बोर्डको संगठन संरचना खाका स्वीकृत
काठमाडौं, वैशाख १४ :

प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा आइतबार भएको लगानी बोर्डको ६१औं बैठकले बोर्डको रणनीति तथा व्यावसायिक योजना कार्यान्वयनका लागि आवश्यक पर्ने संगठन संरचनाको खाकालाई स्वीकृत गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकले विभिन्न निर्देशनालयसहितको संगठन संरचनाको खाकालाई स्वीकृत गरेको हो ।

पाँचवर्षे उक्त रणनीतिले ४२ परियोजनाको सम्झौता गर्दै अधिकतम १४ परियोजना निर्माण, ११ परियोजना सञ्चालन तथा ९२ निजी लगानीका परियोजनाहरु लगानी स्वीकृत गर्नेलगायत लक्ष्य लिएको छ ।

बैठकमा बोर्डका अध्यक्ष ओलीका साथै उपाध्यक्ष उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार