मंगलबार, १७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#दुई वटा अध्यादेश#राष्ट्रपतिसमक्ष सिफारिस#हेलिकप्टर दुर्घटना#छानबिन सुरु#राजदूत सुधाकर दलेला#राष्ट्रिय योजना आयोगका उपाध्यक्ष#गुणाकर भट्ट#माधव कुमार नेपाल#बृहत्तर कम्युनिष्ट एकता#प्लास्टिकजन्य फूलमाला#बिक्री व्यवस्थापन तथा सहजीकरण#एनपीएल#खाना पकाउने एलपी ग्यास#विराटनगर किङ्स#दुई कैदी पक्राउ #दुई वटा अध्यादेश#राष्ट्रपतिसमक्ष सिफारिस#हेलिकप्टर दुर्घटना#छानबिन सुरु#राजदूत सुधाकर दलेला#राष्ट्रिय योजना आयोगका उपाध्यक्ष#गुणाकर भट्ट#माधव कुमार नेपाल#बृहत्तर कम्युनिष्ट एकता#प्लास्टिकजन्य फूलमाला#बिक्री व्यवस्थापन तथा सहजीकरण#एनपीएल#खाना पकाउने एलपी ग्यास#विराटनगर किङ्स#दुई कैदी पक्राउ
अर्थतन्त्र

निजी र सार्वजनिक लगानीलाई सन्तुलित रूपमा अगाडि बढाउनुपर्छ : गुणाकर भट्ट

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
निजी र सार्वजनिक लगानीलाई सन्तुलित रूपमा अगाडि बढाउनुपर्छ : गुणाकर भट्ट
काठमाडौं, कात्तिक १७ :

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले निजी र सार्वजनिक लगानीलाई सन्तुलित रूपमा अगाडि बढाउनुपर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष भट्टले आर्थिक प्रतिफल, सामाजिक प्रतिफल र वातावरणीय जोखिमलाई मुल्यांकन गर्दै निजी र सार्वजनिक लगानीलाई सन्तुलित रूपमा अगाडि बढाउनुपर्ने बताएका हुन् ।

उनले नेपालको सन्दर्भमा भइरहेको विकासको केन्द्रीकरणलाई विकेन्द्रीकृत गर्नेगरि सार्वजनिक लगानी केन्द्रीत हुनुपर्नेमा जोड दिए ।

सरकारले निजी क्षेत्रको लगानी आकर्षित हुन नसकेका क्षेत्रमा पूर्वाधार तथा अन्य आवश्यक सुविधा उपलब्ध गराई लगानीको वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।

उनले एउटै नदीमा आधारित धेरै हाइड्रोपावर हुँदा कुनै बाढी वा विपद आउँदा त्यसको क्षति अत्यधिक हुने हुनसक्ने देखिएकाले त्यस्ता अवस्थाप्रतिपनि सजक हुनुपर्ने बताए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार