नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले बृहत्तर कम्युनिष्ट एकता र ध्रुवीकरणमा आउन अपिल गरेका छन् ।
मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी एकता कार्यक्रममा सह-संयोजक नेपालले कम्युनिष्ट आन्दोलनप्रति आकर्षण बढ्दै गएको भन्दै यसलाई बलियो बनाउन बृहत्तर कम्युनिष्ट एकता र ध्रुवीकरणमा आउन अपिल गरेका छन् ।
उनले अहिलेको परिस्थितिमा आकर्षण बढाउँदै लानुपर्ने भएकाले पार्टी एकीकरणको समायोजनको कामलाई तीव्रताका साथ अघि बढाइने उल्लेख गरे । नेपालले जेठभित्र स्थानीय तहको निर्वाचन र सँगसँगै प्रदेश तहको निर्वाचन हुने सम्भावना रहेकाले त्यसको तयारीमा जुट्न समेत आग्रह गरे ।
पालिका तह र वडा तहमा अधिवेशन गरेर जनताको र स्थानीय कार्यकर्ताको परिचालन गर्ने एवं पार्टीलाई तलबाट सुदृढ बनाउने योजना बनाइएको उनले बताए ।
उनले स्थानीय चूनावलाई मध्यनजर गर्दै महाधिवेशन चुनावपछि सार्ने योजना बनाइएको भन्दै यसबीचमा पार्टी संगठनलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।