काठमाडौं, कात्तिक १७ :
नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला पदभार ग्रहणका लागि मंगलबार काठमाडौं आइपुगेका छन्। दलेला नेपालका लागि भारतको २७औँ राजदूत हुन्। उनलाई भारत सरकारले गत असोज ३० गते नेपालका लागि राजदूत नियुक्त गरेको थियो।
दलेला भारतीय विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवको जिम्मेवारीमा थिए।सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका सुधाकरले आफ्नो कूटनीतिक करिअर इजरायलको तेलअभिभबाट सुरु गरेका थिए।
यसअघि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल पूरा गरी भारत फर्किसकेका छन्। उनले ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय नियोगमा विभिन्न जिम्मेवारी सम्हालेका थिए।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
कांग्रेस देउवा समूहको महाधिवेशन मंसिर २१ देखि २३ सम्म काठमाडौंमा हुने
मन्त्रिपरिषद्को निर्णय : प्रेस काउन्सिलसहित दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस
पूर्वप्रधानमन्त्री माधव नेपाल, पूर्वमन्त्री मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर