
सुर्खेत, वैशाख १६ :
राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको मृत्यु भएको छ । ४९ वर्षीय शाहीको सोमबार राति सुर्खेतको बराहताल गाउँपालिका ८, सोतखोलामा रहेको बस्तीमा मृत्यु भएको हो ।
पाँच दिनदेखि उनी बिरामी भएर थलिएका थिए । उपचारका लागि अस्पताल जान नमान्दा उनको मृत्यु भएको जनाइएको छ ।
अत्यधिक मदिराका कारण मुखिया शाहीको मृत्यु भएको बताइएको छ ।
राउटे समुदायका मानिसहरू बिरामी भएपछि उपचारका लागि अस्पताल जान मान्दैनन् । मुखियाको मृत्यु भएपछि राउटेको संख्या घटेर १३५ कायम भएको छ ।