सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
समाचार शिक्षा

सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन, बुधबार पुनः छलफल हुने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १६ वैशाख, २०८२ मा प्रकाशित
सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन, बुधबार पुनः छलफल हुने
काठमाडाैं, वैशाख १६ :

 नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच मंगलबार राति सम्पन्न वार्ता निष्कर्षविहीन बनेको छ। शिक्षा, गृह र अर्थमन्त्रीसमेत सहभागी वार्तामा महासंघले उठाएका ९ बुँदे प्रस्तावबारे ठोस निर्णय नभएपछि सहमति जुट्न सकेन।

वार्ता मंगलबार राति ८ बजेदेखि सुरु भएर करिब तीन घण्टा चल्यो। वार्तामा शिक्षामन्त्री रघु पन्त, गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेल सहभागी थिए। शिक्षक महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वको टोली वार्तामा सहभागी भयो।

महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्ने विषयमा छलफल भए पनि ठोस टुंगो लाग्न सकेको छैन। भोलि फेरि छलफल गर्ने सहमति भएको उनले जानकारी दिइन्।

शिक्षामन्त्री पन्तले वार्तापछि प्रतिक्रिया दिँदै वार्ता सकारात्मक दिशातर्फ अघि बढेको र सहमति छिट्टै हुने बताए। शिक्षक महासंघले आन्दोलन फिर्ता गर्न नौ बुँदे प्रस्ताव सरकारसमक्ष राखेको छ। महासंघले ती प्रस्ताव सरकारले अनुमोदन गरे आन्दोलनको स्वरूप परिवर्तन गर्ने निर्णय लिएको छ।

सहअध्यक्ष पराजुलीका अनुसार कक्षा १२ को रोकिएको परीक्षाप्रति महासंघ चिन्तित छ र अबको परीक्षा अवरोध नहुने गरी समाधान खोज्ने प्रयास भइरहेको छ।

वार्ताबाट तत्काल सहमति नभए पनि दुवै पक्ष थप संवादका लागि खुला देखिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार