आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार राजनीति

युवाहरूलाई लागू औषध दुर्व्यसन विरुद्धको सचेतनामा लाग्न नेपालको सुझाव

· शुक्रबार, १५ भदौ, २०८१ मा प्रकाशित
युवाहरूलाई लागू औषध दुर्व्यसन विरुद्धको सचेतनामा लाग्न नेपालको सुझाव
काठमाडौँ, भदौ १५ :

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लागू औषध दुर्व्यसनीविरुद्ध युवा तथा विद्यार्थीहरू जाग्न आवश्यक रहेको बताउनुभएको छ । 

दोलखामा रहेको गाईखुरा युवा क्लबले आज काठमाडौँमा गरेको लागू औषध दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रममा अध्यक्ष नेपालले लागू औषध दुर्व्यसन तथा कुलतबाट जोगाउनका लागि युवा एवं विद्यार्थीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

पछिल्लो समय लागू औषध दुर्व्यसनमा धेरैजसो युवा पुस्ता फस्दै गएको भन्दै उहाँले त्यसविरुद्ध विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थी र सामाजिक क्षेत्रमा सक्रिय युवाहरू सचेतना अभियान सहित जाग्नुपर्ने बेला आएको बताउनुभयो ।

उहाँले लागू औषध दुर्व्यसनको सञ्जाल नै खडा गरी व्यापार गर्नेलाई समाजबाट नै बहिष्कार गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । यसका लागि कठोर कानून आवश्यक रहेको उहाँको भनाइ थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार