देशभरबाट राजधानी आएर करिब एक महिनादेखि आन्दोलन गरिरहेका शिक्षकहरु भोलिदेखि नियमित रुपमा विद्यालय फर्कने भएका छन् । सरकारसँग आज बुधबार राति भएको ९ बुँदे सहमतिसँगै काठमाडौंकेन्द्रित शिक्षकहरुको आन्दोलन भोलि (बिहीबार) बाट स्थगित हुने भएको हो ।
शिक्षा ऐन असार १५ गतेसम्म जारी गर्नेलगायत शिक्षकका मागहरुलाई सरकारले सम्बोधन गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगित हुने भएको हो । शिक्षकहरुसँगको सहमति मन्त्रिपरिषद्को निर्णयपछि सार्वजनिक गरिने भएको छ ।