
काठमाडौं, वैशाख १८ :
प्रधानमन्त्री केपी ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख विजय चौथाइवालेले भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आज (बिहीबार) भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको थियो ।