काठमाडौं, वैशाख १९ :

काठमाडौंका सुमन घले र काठमाडौंकै सम्पदा शिवाकोटी तेस्रो बागमती प्रदेश स्तरीय खुला तेक्वान्दो लिगमा उत्कृष्ट खेलाडी घोषित भएका छन् । सुमन पुरुष तथा सम्पदा महिलामा उत्कृष्ट बनेका हुन् ।

नेपाल तेक्वान्दो संघ, बागमती प्रदेश र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष ४६-५० केजीमा करण ढोली, ५०-५४ केजीमा सुमन घले, ५४-५८ केजीमा अर्पण लामा, ५८-६३ केजीमा सुझपकुमार यादव र ६३-६८ केजीमा आशिष भुजेलले स्वर्ण जिते ।

गोल्फुटारमा भएको प्रतियोगिताको महिला ४०-४३ केजीमा सम्पदा शिवाकोटी, ४३-४६ केजीमा सुप्रिमा बजगाईं, ४६-४९ केजीमा रोजिना लामा, ४९-५३ केजीमा प्रतिमा भुजेल र ५३-५८ केजीमा मनीषा तामाङ पहिलो भए ।

विजेतालाई बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, बूढानीलकण्ठ नगरपालिकाकाका खेलकुद संयोजक एवं वडा ८ का अध्यक्ष सुमन तामाङ, काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी, नेपाल तेक्वान्दो संघ, बागमती प्रदेशका अध्यक्ष केशव पुरीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतियोगितामा पुरुष/महिलामा समान ५-५ गरी १० स्पर्धामा २१० खेलाडीले प्रतिस्पर्धा गरेको तेक्वान्दो प्रशिक्षक रन्जितबहादुर डंगौराले जनाएका छन् ।