मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो #मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो
समाचार प्रदेश बागमती प्रदेश

डाइभर्सन बगाउँदा कान्ति लोकपथमा सवारी आवागमन अवरुद्ध

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २१ वैशाख, २०८२ मा प्रकाशित
डाइभर्सन बगाउँदा कान्ति लोकपथमा सवारी आवागमन अवरुद्ध
काठमाडाैं, वैशाख २१ :

लगातारको वर्षाका कारण हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ सडक खण्ड अवरुद्ध भएको छ। शनिबार रातिदेखि परेको भारी वर्षाले बागमती नदीमा बनाइएको डाइभर्सन बगाएपछि सडक आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानास्थित डाइभर्सन मार्ग आइतबार बिहानै बगाएको प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए। उनका अनुसार घटनास्थलमा खटिएको प्रहरी टोलीले सडक खुलाउने प्रयास जारी राखेको छ।

यसअघि प्रशासनले मकवानपुरको बकैया गाउँपालिका अन्तर्गत ठिङ्गन–बगुवा सडक खण्डमा सडक चौडाइ विस्तारका लागि वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म दैनिक बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सवारी आवागमन बन्द रहने जानकारी दिएको थियो।

निरन्तरको वर्षा र डाइभर्सन बगाउँदा उत्पन्न अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले यात्रुहरूलाई यात्रा पूर्व सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न र अत्यावश्यक नपरेसम्म यात्रा टार्न आग्रह गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार