भदौ १७ :

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल भालाडोलिडलाई ७- ० ले पराजित गरेको छ।

शनिबार राति भएको खेलमा राफिन्होको ह्याट्रिकसँगै बार्सिलोनाले भालाडोलिडलाई फराकिलो अन्तरले पराजित गरेको हो।

जितसँगै चार खेलबाट १२ अङ्क जोडेको बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ।

पराजित भाडाडोलिडको समान खेलबाट चार अङ्क रहेको छ। भालाडोलिड अङ्क तालिकाको १२ औं स्थानमा छ।

बार्सिलोनाको जितमा राफिन्होले तीन तथा रोबर्ट लेवान्डोस्की, डानी ओल्मो, फेरान टोरेस र जुल्स कोन्डेले समान एक एक गोल गरेका थिए।