सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
समाचार अर्थतन्त्र कर्पोरेट

विज्ञापन बोर्डको अध्यक्षका लागि ६ जनाको आवेदन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २२ वैशाख, २०८२ मा प्रकाशित
विज्ञापन बोर्डको अध्यक्षका लागि ६ जनाको आवेदन
काठमाडौं, वैशाख २२ :

विज्ञापन बोर्डको अध्यक्ष पदका लागि प्राप्त आवेदनहरूको नामावली सार्वजनिक गरिएको छ। सूचना तथा प्रसारण मन्त्रालयले प्रकाशित गरेको नामावलीअनुसार अध्यक्ष पदका लागि ६ जनाको आवेदन परेको छ।

सञ्चार मन्त्रालयले २०८२ साल वैशाख ५ मा अध्यक्ष पदका लागि आवेदन खुला गरेको थियो । आवेदन दिनेहरुमा  बोर्डका पूर्वअध्यक्ष लक्षमण हुमागाईं, कविता शर्मा, सुजन राजा श्रेष्ठ, अशोक कुमार घिमिरे, पदम राज जोशी र अनन्त कान्त मैनाली छन् । २०७७ चैतमा नियुक्त भएका हुमागाईंको कार्यकाल गत चैतमा समाप्त भएको थियो ।

अध्यक्ष पदका लागि सरकारसमक्ष सिफारिस गर्न एक सिफारिस समिति गठन गरिनेछ । त्यसमा मन्त्रालयका सचिव संयोजक, मन्त्रालयले नियुक्त गरेको सम्बन्धित विषयका एकजना विज्ञ सदस्य र सहसचिव सदस्य-सचिव रहनेछन् । समितिले योग्यता पुगेका उम्मेदवारहरुमध्येबाट उपयुक्त व्यक्ति छनोट गरी सिफारिस गर्नेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार