शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

पूर्वराजाको भूमिकामाथि सांसद विश्वकर्माको प्रश्न- मुख्य कमान्डर कहिले पक्राउ पर्छन् ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २२ वैशाख, २०८२ मा प्रकाशित
पूर्वराजाको भूमिकामाथि सांसद विश्वकर्माको प्रश्न- मुख्य कमान्डर कहिले पक्राउ पर्छन् ?
काठमाडौं, वैशाख २२ :

नेकपा माओवादी केन्द्रका सांसद विष्णुबहादुर विश्वकर्माले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चैत १५ गतेको घटनासँग जोड्दै तत्काल गिरफ्तार गर्न सरकारसँग माग गरेका छन्।

राष्ट्रिय सभाको बैठकमा सोमबार बोल्दै सांसद विश्वकर्माले उक्त घटनामा संलग्न भनिएका सहायकहरू पक्राउ परिसकेको अवस्थामा मुख्य कमान्डरको रूपमा उल्लेख गरेका शाह भने अझैपनि स्वतन्त्र रहेको बताए । तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका नाइके दुर्गा प्रसाईं, राप्रपाका नेता रविन्द्र मिश्रलगायतका नेताहरु अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् ।

‘चैत १५ गतेको वितण्डाले देशलाई मर्माहत बनायो,’सांसद विश्वकर्माले भने, ‘सहायक कमान्डरहरू पक्राउ परिसके, तर मुख्य कमान्डरलाई ज्ञानेन्द्र शाहलाई अहिलेसम्म सरकारले समात्न सकेको छैन।’तर, पूर्वराजा शाहले त्यस दिनको घटनाप्रति कुनै जिम्मेवारी नलिई दुःख भने व्यक्त गरेका छन् ।

सांसद विश्वकर्माले दरबार हत्याकाण्डमा समेत शाहको संलग्नताका चर्चा गर्दै सम्पूर्ण घटनाको गम्भीर छानबिन र शाहको सम्पत्तिको समेत अनुसन्धान गर्नुपर्ने आवश्यकता औंल्याए।

गत चैत १५ गते तीनकुनेमा भएको अप्रत्याशित घटनाले सामाजिक तथा राजनीतिक क्षेत्रलाई तरंगित बनाएको थियो। 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार