काठमाडौं, वैशाख २२ :

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको भूमि चीन मात्र होइन कसैका विरुद्ध  पनि प्रयोग हुन नदिने बताएका छन् ।

काठमाडौंमा सोमबार  आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल एक चीन नीतिमा स्पष्ट रहेको र नेपालको भूमि चीनको विरुद्धमा प्रयोग हुन नदिने स्पष्ट पारे।

उनले चीनले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, सांस्कृतिक, जलवायु परिवर्तन एवं वातावरणीय सहकार्य लगायतका क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गरे ।

चीनले नेपालको पूर्वाधार विकासलगायत आगामी दिनमा थप सहयोग गर्ने विश्वास व्यक्त गरे। साथै देउवाले दुई मुलुकबीच समानता, पारस्परिक हित र शान्तिपूर्ण सहअस्तित्व कायम रहेको समेत बताए।परापूर्वकालदेखि नै नेपाल र चीनबीच मित्रताको सम्बन्ध कायम रहँदै आएको छ।