आइतबार, १ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#विमल घर्तीमगर#न्न्यासको घोषणा#विश्वकप लिग-२ शृङ्खलाः#नेपाल पराजित#फूलपाती#हनुमानढोका दरबार#सभापति गगनकुमार थापा#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण #विमल घर्तीमगर#न्न्यासको घोषणा#विश्वकप लिग-२ शृङ्खलाः#नेपाल पराजित#फूलपाती#हनुमानढोका दरबार#सभापति गगनकुमार थापा#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण
समाचार

वर्षाका कारण नारायणगढ-बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २३ वैशाख, २०८२ मा प्रकाशित
वर्षाका कारण नारायणगढ-बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध
नवलपरासी, वैशाख २३ :

नारायणगढ-बुटवल सडकको दाउन्ने खण्डमा पानी परेका कारण सडक अवरुद्ध भएको छ । चार लेनमा विस्तार भइरहेको सडकमा आज (मंगलबार) बिहान परेको पानीले चिप्लो भएपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

विनयी त्रिवेणी गाउँपालिका २ का विश्वकर्मा मन्दिर र पैँसट्ठी मोडमा सडक हिलो भएका कारण सवारीसाधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनकराज बञ्जाराले जानकारी दिए । बञ्जराका अनुसार पानी पर्न रोकिएपछि डोजरले हिलो सफा गरेर सवारीसाधन गन्तव्यतर्फ पठाइनेछ ।

राति ६ घण्टा सडक बन्द गरेर विस्तार भइरहेको यस खण्डमा सामान्य पानी पर्दासमेत सडक पूर्ण रुपमा अवरुद्ध हुने गरेको छ । आगामी असारसम्म यस खण्डको धेरै काम सम्पन्न गर्ने गरी काम भइरहेको नारायणगढ-बुटवल सडक विस्तार आयोजनाले जनाएको छ । हाल दैनिकजसो सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्दै आएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार