
करिब ५ दशकभन्दा बढी समय कम्युनिस्ट आन्दोलनमा सक्रिय नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको ७१ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि पार्किन्सन रोगबाट पीडित नेपालको आज (मंगलबार) अपराह्न सवा ४ बजे काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो ।
प्रगतिशील साहित्यकारसमेत रहेका नेपालको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । केही दिनअघि अस्पताल भर्ना गरिएका उनलाई सोमबारदेखि आईसीयूमा राखिएको थियो । उनका विभिन्न पुस्तकसमेत प्रकाशित छन् । पञ्चायतकालमा उनले सञ्जय थापाको नामबाट प्रगतिशील साहित्य लेख्ने गरेका थिए ।
पू्र्वसञ्चार तथा सूचना प्रविधिमन्त्री नेपाल नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए ।
तत्कालीन को-अर्डिनेसन केन्द्र, तत्कालीन नेकपा माले हुँदै पटकपटक एमाले स्थायी समिति सदस्य रहेका उनी नवौं महाधिवेशनमा उपाध्यक्ष पदका प्रत्यासी बनेका थिए ।
२०१० सालमा जन्मिएका नेपाल २०५१ मा तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला सञ्चारमन्त्री बनेका थिए । त्यसपछि उनी शिक्षामन्त्री भएका थिए ।
राजनीतिक जीवनमा लामो समय समर्पित गरेका नेपाल शालीन व्यवहार, गहिरो विश्लेषण क्षमता र सिद्धान्तप्रतिको प्रतिबद्धताका कारण चिनिन्थे ।
उनको निधनले नेपाली वामआन्दोलनले एक अनुभवी नेतालाई गुमाएको छ ।