काठमाडौँ, भदौ १७ :

इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले आफ्नो दबदबा कायम राख्दै वेस्टह्याम युनाइटेडमाथि ३- १ को जित हासिल गरेको छ ।

गएराति भएको खेलमा एर्लिङ्ग हालान्डले ह्याट्रिक गरे । उनले खेलको १०, ३० र ८३ औँ मिनेटमा गोल गरेका हुन् । 

वेस्टह्यामले खेलको १९ औँ मिनेटमा गोल गरेको थियो ।

जितसँगै शीर्षस्थानमा रहेको सिटीको ३ खेलमा ९ अङ्क भएको छ ।