लमजुङ, भदौ १७ :
पहिरोले डुम्रे- बेँसीसहर सडक अवरुद्ध भएको छ।
अविरल वर्षाले लमजुङ बेँसीसहर नगरपालिका-१ उदिपुरमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँले बताउनुभयो ।
सडकमा माटो सहितको ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको हो। पानी निरन्तर रूपमा परिरहेकाले पहिरो पन्छाउन समस्या भएको जनाइएको छ । सडक अवरुद्ध भएपछि सवारीसाधन अलपत्र परेका छन् ।