
आगामी आर्थिक वर्ष २०८२/८३ बजेटमा सम्बोधन गरिनुपर्ने विषयमा नेकपा (एमाले)को शीर्ष तहमा छलफल भएको छ ।
ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज पार्टीका शीर्ष नेताहरुबीच बजेटका विषयमा छलफल भएको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए । उनले बजेटउत्पादन र जनताका समस्या समाधान केन्द्रित हुनुपर्ने भनी नेताहरुले सुझाव दिएको बताए ।
यसअघि यही वैशाख २१ गते बसेको सचिवालय बैठकमा सबै सचिवालयका सदस्यहरुले समय अभावका कारण सुझाव दिन नसकेपछि आज बजेटबारे छलफल भएको अधिकारीले बताए । कार्यालय सचिव अधिकारीका अनुसार कृषि, उद्योग, विकास निर्माणको साथै मुलुकलाई आत्मनिर्भरतामा बढाउने गरी बजेट केन्द्रित हुनुपर्ने सुझाव नेताहरुले दिएका थिए ।
बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीबाहेक सबै सचिवालयका सदस्यहरु सहभागी थिए ।