
सेयर बजारमा आज (बुधबार) हरियाली छाएको छ । नेप्से ६२.२५ अंक बढेर २६७३.६९ मा पुगेको छ ।
यसैगरी ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स १०.९७ अंकले बढेर ४५१.२४ अंकमा पुगेको छ ।
३०८ कम्पनीको दुई करोड ७२ लाख ४५ हजार ४५९ कित्ता सेयर किनबेच हुँदा बुधबार १० अर्ब ५१ करोड ८४ लाख ६ हजार ३५२ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा सबैको सूचक बढेर नेप्सेमा हरियाली छाएको छ । त्यसमध्ये वाणिज्य बैंक समूहको सूचक ३८.५८ अंकले बढेर १,३३४.५९ अंकमा चढेको छ । यसैगरी विकास बैंक समूहको सूचक १२५.५० अंकले बढेर ५,३४६.८८ अंकमा पुगेको छ ।
आजको दिनमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमा सकारात्मक सर्किट लागेको छ । नेप्सेमा आज बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा ङादी ग्रुप पावर लिमिटेड परेको छ । सेयर ४.५० प्रतिशतले घटेको छ ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने सानिमामाई हाइड्रो पावर कम्पनी लिमिटेड पहिलो स्थानमा छ ।