
काठमाडौँ, भदौ १७ :
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार निजी क्षेत्रको समस्या सुन्न र समाधान गर्न तयार रहेको बताउनुभएको छ ।
काठमाडौँको नयाँबानेश्वरमा आज नेपाल आर्थिक पत्रकार समाजको २६ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले निजी क्षेत्रलाई कानुनी तथा नीतिगत रुपमा नै बलियो बनाउँदै लैजाने बताउनुभएको हो ।
उहाँले सरकार निजी क्षेत्र, बाह्य लगानी सबैलाई समेटेर अगाडि बढ्ने पक्षमा रहेको भन्दै नीतिगत परिवर्तनमा सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।
सम्बन्धित क्षेत्र र निकायको गुनासो सुन्न मात्रै नभई आफू आम रुपमा समस्या समाधान गर्न तयार रहेको उहाँको भनाई छ ।