शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण #महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण
राजनीति

बालुवाटारमा ओली-देउवा छलफल, गभर्नर नियुक्ति टुंग्याउने तयारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २५ वैशाख, २०८२ मा प्रकाशित
oli-deuba
काठमाडौं, वैशाख २५ :

प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल भइरहेको छ ।

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सकस परिरहेका बेला ओली र देउवा छलफलमा जुटेका हुन् । छलफलमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखकको सहभागिता छ ।

मन्त्रिपरिषद् बैठक बस्नुअघि भइरहेको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ । ओली-देउवाबीच गुणाकर भट्टलाई गभर्नर बनाउनेमा सहमति जुटे पनि प्रक्रिया अघि बढ्न सकेको छैन ।

उसो त भट्टले कार्यकारी निर्देशक पदबाट राजीनामा दिए पनि का.मु गभर्नर नीलम ढुंगानाले स्वीकृति गरेकी छैनन् । भट्टको राजीनामा स्वीकृत नहुँदा गभर्नर नियुक्ति अन्योलमा परेको छ । गत चैत २५ गतेबाट गभर्नर पद रिक्त छ ।

-फाइल तस्बिर

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार