
फाइल
आजदेखि संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ सुरु गरेको छ।
समितिले विभिन्न देशका लागि प्रस्तावित १७ जना राजदूतमध्ये आज चार जनाको सुनुवाइ गर्ने कार्यतालिका बनाएको छ ।
समितिले आज चीनका लागि प्रस्तावित प्राडा कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा शैल रुपाखेती, गणतन्त्र भारतका लागि डा शङ्करप्रसाद शर्मासँग छलफल गर्न लागेको हो ।
समितिले आज चीनका लागि प्रस्तावित प्राडा ओली र डेनमार्कका लागि प्रस्तावित तुलाधरसँग छलफल सकेको छ।
दुबै जनाले नेपालको आर्थिक विकासमा चीनियाँ पर्यटक र युरोपेली पर्यटकलाई नेपाल भित्र्याउन पहल गर्ने योजना सुनाएका थिए ।
चीनका लागि प्रस्तावित ओलीले बर्षमा १० लाग चीनियाँ पर्यटक ल्याउने गरी योजना सुनाउनुभएको थियो ।
आजै भारत र जर्मनीका लागि प्रस्तावित राजदूतहरुसँग पनि छलफल गर्नेछ ।